प्रतितोला १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रकाशित मिति :  394 पटक हेरिएको

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । केहीदिन यता लगातार रुपमा घटिरहेको सुनको मूल्य आज शुक्रबार तोलामा १२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १२ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १२ सय रुपैयाँले घटेर ९० हजार ३ सय रुपैयाँमा प्रतितोला कारोबार रहेको छ ।

आज चाँदीको भाउ पनि ३५ रूपैयाँले घटेर १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया