पहल थामी ‘अनिश्चित’को गजल

प्रकाशित मिति :  169 पटक हेरिएको

कोरोना महामारीसँगै भेलबाढी आयो फेरि
जुरेको पहिरोले जस्तै मेलम्ची बगायो फेरि ।

कहिले आउँछ भुकम्प कहिले बाढी पहिरो
सिन्धुपाल्चोकलाई तहसनहस बनायो फेरि ।

जोखिमयुक्त बाढीग्रस्त क्षेत्र सिन्धुपाल्चोक
ठुलो धनजन पशुपक्षी पनि हरायो फेरि ।

ईन्द्रावती र मेलम्ची खोला उर्लेर आएपछि
हजारौँ मानिसहरूको थातबास उठायो फेरि ।

असार एक गतेको खबरले त्रासित छन् सबै
विश्वभरीका नेपालीको नयन रसायो फेरि ।

© पहल थामी ‘अनिश्चित’
दोलखा जिल्ला बिगु गापा – ५
हाल : पश्चिम् बङ्गाल दार्जिलिङ, भारत ।

तपाईको प्रतिक्रिया