आज थप २ हजार ७६८ जनामा कोरोना, ४४ जनाको मृत्यु

प्रकाशित मिति :  127 पटक हेरिएको

काठमाडौँ । नेपालमा थप २७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७६८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१७९४७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४०२० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ८६४१ पुगेको छ ।

क्वारेन्टाइनमा ४८९ जना छन् भने आइसोलेसनमा ५९६२४ जना सक्रिय संक्रमित रहेका जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया