कविता: तिम्रो मौनता !

प्रकाशित मिति :  309 पटक हेरिएको

एउटा कायरता
एउटा गद्दारी
एउटा स्वार्थी
र एउटा कपटी मान्छेको चरित्र हो
यो तिम्रो मौनता !

तिम्रा इन्द्रियहरूले काम गर्न छोडेको
तिम्रा ओठ र जिब्राहरू अँठ्ठिएको
तिम्रो हृदय पत्थरमा फेरिएको
तिम्रो दिमाग गोवरको थुप्रोमा बदलिएको
एउटा कुरुप यथार्थ हो-
यो तिम्रो मौनता !

तिनीहरू,
जसको वारेमा तिमी बोल्न जरुरी थियो
तिमी नबोलेकै कारण
जसको जीवन नै बर्बाद भयो
तिनीहरूका आँखामा
यो मौनता
तिम्रो मृत्युको दु:खद समाचार हो
र तिम्रो अस्तित्व
एउटा मूर्दा अस्तित्व मात्र हो ।

© बलराम तिमल्सिना

तपाईको प्रतिक्रिया