काठमाडौँ उपत्यकामा पर्सिदेखि निजी गाडी चल्न दिने निर्णय

प्रकाशित मिति :  301 पटक हेरिएको

काठमाडौँ । काठमाडौँ उपत्यकामा पर्सिदेखि निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ ।

जारी निषेधाज्ञा भोलि राति १२ बजे सकिँदैछ । निषेधाज्ञा एक साता थप गर्ने र त्यसअवधिमा निजी सवारीसधानलाई मात्र जोर बिजोर नम्बरको आधारमा चल्न दिने गरी निर्णय गरिने भएको छ ।

त्यसनिम्ति आज बेलुका ५ बजे काठमाडौँ उपत्यका भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला प्रमुख अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ ।

गएको हप्तादेखि निषेधाज्ञामा केही खुकुला बनाउँदै लगिएको छ । एकैचोटी सबै विषयमा खुला गर्न नसकिने कुरामा तीनै जिल्लाका सीडीओहरु सहमत रहेको निकट स्रोतले बतायो ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण नागरिकको मृत्यु दर ह्वात्तै बढेपछि सरकारको नीति अनुसार स्थानीय प्रशासनले सेवाका निश्चित बन्देज लगाएर समय तोकेर गएको वैशाख १६ गते बिहान ६ बजेदेखि निषेधाज्ञा आदेश जारी गर्दै आइरहेको छ ।

गत वर्ष पहिलो लहरमा सरकारले २०७६ चैत ११ गतेदेखि २०७७ साउन ७ गतेसम्म देशव्यापी लकडाउन लागु गरेको थियो ।
 

तपाईको प्रतिक्रिया