मकवानपुरमा निषेधाज्ञा एकसाता लम्ब्याउने निर्णय

प्रकाशित मिति :  126 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा जारी निषेधाज्ञा एकसाता लम्ब्याउने निर्णय गरेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज आइतबार बसेको बैठकले असार १४ गतेसम्म केही खुकुलोका साथ निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

बिहान ४ बजेदेखि १० बजेसम्म अत्यावश्यक उपभोग्य वस्तु , खाद्यान्न ,पानी ,दुध ,माछा ,मासु फलफूल तथा तरकारी पसल सञ्चालन गर्न पाउने जनाएको छ ।

त्यसैगरी रेष्टुरेन्ट , मिठाई तथा खाजा पसल हरुबाट होम डेलिभरी हुनेगरी दिनको १२ बजेदेखि ४ बजेसम्म खोल्न पाइने र निजि क्षेत्रबाट सञ्चालित मोटरसाइकल ,अटो ,मयुरी ,ट्याम्पो जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।

यस्तो छ मोडालिटी तथा नियमहरू :

तपाईको प्रतिक्रिया