कोपा अमेरिकामा अर्जेन्टिनाद्वारा पाराग्वे पराजित

प्रकाशित मिति :  370 पटक हेरिएको

काठमाडौँ । अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पाराग्वेलाई पराजित गरेको छ ।

आज बिहान भएको खेलमा पाराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन एलेजेन्ड्रो गोमेजले निर्णायक गोल गरे । उनले खेलको दशौँ मिनेटमा गोल गरेका हुन् । एन्जल डी मारियाको पासमा उनले निर्णायक गोल गरे ।

यस जितसँगै समूह ‘ए’ को अर्जेन्टिनाले ३ खेलमा ७ अंक जोडेको छ । अहिले अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ ।

पाराग्वेले २ खेलमा ३ अंक जोडेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया