उपत्यकामा आजबाट टुटल-पठाओ पनि सञ्चालनमा

प्रकाशित मिति :  264 पटक हेरिएको

काठमाडौँ । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै काठमाडौँ उपत्यकामा सञ्चालनमा रोक लगाइएका टुटल -पठाओ आजबाट पुनः सञ्चालनमा आउने भएका छन् ।

निषेधाज्ञा खुकुलो गर्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबारको बैठकले आजदेखि टुटल-पठाओ सेवा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

निजी निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु भएसँगै त्यही नीति अनुसार टुटल-पठाओसमेत सुचारु भएका हुन् ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरेर सेवा सुरु गरिएको पठाओका क्षेत्रीय निर्देशक असिममान सिहं बस्न्यातले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया