थाहानगरका युवाद्वारा आइसोलेसनका लागि सामाग्री सहयोग

प्रकाशित मिति :  373 पटक हेरिएको

रामचन्द्र मोक्तान, मकवानपुर । मकवानपुरको थाहानगरपालिका ७ थाक्लेका खत्री युवाले बन्दै गरेको आइसोलेसनका लागी थाहा ७ को वडा कार्यालयलाई सामाग्री सहयोग गरेका छन् ।

थाहानगरपालिका वडा नम्बर ७ मा १० बेडको आइसोलेसन निर्माण हुँदैछ । जसको लागी थाहा ७ थाक्लेका युवाहरूद्वारा ८ थान डसना , ८ थान तकिया , ८ थान तन्न, ८ थान तकियाको खोल , ८ थान ब्लाङकेट सहयोग गरिएको थाहानगर ७ का वडा अध्यक्ष सनम सिं मोक्तानले जानकारी दिए ।

साथै वडाध्यक्ष मोक्तानले सहयोगी मनहरुप्रती वडाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया