रूपा सुनारको जातीय विभेदविरुद्धको विद्रोहमा सबैले साथ दिऔँ : डा. बाबुराम भट्टराई

प्रकाशित मिति :  265 पटक हेरिएको

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सञ्चारकर्मी रूपा सुनारले जातीय विभेदविरुद्ध गरेको विद्रोहमा सबैले साथ दिनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत रुपाले गरेको जातीय विभेद विरुद्धको विद्रोहमा साथ दिन सत्य र न्यायका पक्षधर सबैलाई आह्वान गरेका हुन्।

‘रूपा सुनारलाई व्यक्तिगत रूपमा म चिन्दिनँ,’ बुधबार डा. भट्टराईले सामाजिक सञ्जालमा लखेका छन्, ‘तर नेपाली समाजको सबभन्दा पिँधमा पारिएको दलित समुदायको पनि पिँधमा रहेका महिलाको प्रतिनिधिको रूपमा उनले जातपातजन्य विभेदका विरूद्ध गरेको विद्रोहलाई सबै सत्य र न्यायका पक्षधरहरूले साथ दिनैपर्छ। यसमा कसैले कुनै किन्तुपरन्तु नगरौँ !’

बबरमहलमा भाडामा कोठा हेर्न गएकी रूपा सुनरालाई पहिले कोठा दिने सहमति गरिसकेकी घरधनी सरस्वती प्रधानले पछि उनको जात थाहा पाएपछि कोठा नदएको सुनारको आरोप छ ।

सुनारले घरबेटी प्रधानविरुद्ध प्रहरीमा जाहेरीसमेत दिइन् । जसको आधारमा प्रहरीले अनुसन्धानको लागि घरबेटी प्रधानलाई पक्राउ गरेपनि आज भने छाडेको छ ।

 

तपाईको प्रतिक्रिया