त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने

प्रकाशित मिति :  236 पटक हेरिएको

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरु साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रक कार्यालय बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ गतेदेखि स्नातक दोस्रो बर्षका रोकिएका सबै परीक्षाहरु संञ्चालन गर्ने निर्णय गरेको बताए ।

स्नातक दोस्रो वर्षको परीक्षाहरु साउन ९ गतेसम्म सम्पन्न गर्ने बोर्डले तय गरेको उनले बताए । उनले स्नातक प्रथम वर्षका परीक्षार्थीहरुले परीक्षा साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विषयको परीक्षा सम्पन्न गर्ने निर्णय भएको जनाए ।

यो समाचार हामीले आजको नागरिक दैनिकबाट साभार गरेका हौँ ।

तपाईको प्रतिक्रिया