आई पे रेमिट र नेपाल पेमेन्ट सोलुसनबीच डिजिटल कारोबार सम्झौता

प्रकाशित मिति :  164 पटक हेरिएको

काठमाडौँ । आई पे रेमिट र नेपाल पेमेन्ट सोलुसनबीच डिजिटल कारोबार सम्झौता भएको छ ।

वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अबका दिनहरुमा डिजिटल कारोबार नै बढी समयसापेक्ष हुने भएकाले कारोबारलाई पनि डिजिटल माध्यबाट चुस्त राख्नका लागि विभिन्न डिजिटल कारोबार गर्ने संस्थाहरुसँग सहर्काय गरी अघि बढ्ने कम्पनीको प्रमुख उद्देश्यलाई मध्यनजर गर्दै आई पे रेमिट र नेपाल पेमेन्ट सोलुसनबीच डिजिटल कारोबारमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा आई पे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र नेपाल पेमेन्ट सोलुसनका कार्यकारी निर्देशक प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

रियल टाइम अकाउन्ट डिपोजिट सुबिधाका साथै नेपालका विभिन्न वालेटमा रियल टाइम टपअप सुविधामा नेपाल पेमेन्ट सोलुसनसँगको सम्झौतापछि झनै प्रभावकारी र गुणस्तरीय हुने आई पे रेमिटका बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया