मोबाइल लुटपाट गर्ने दुई जना पक्राउ

प्रकाशित मिति :  321 पटक हेरिएको

काठमाडौँ । कञ्चनपुरमा मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्लाको वेदकोट–७ गौजीका १८ वर्षीय भरत धामी र सोही ठाउँ बस्ने २० वर्षीय भरत हमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुवै जनाले भीमदत्त–६ का सुनिता सिंह र उनका श्रीमान् लक्ष्मण सिंह घुम्नका लागि बुधबार रौटेला मन्दिर गएका बेला उनीहरुको साथमा रहेको मोबाइल लुटपाट गरेका थिए ।

तपाईको प्रतिक्रिया