भारतमा थप ४९ हजारमा कोरोना संक्रमण

प्रकाशित मिति :  432 पटक हेरिएको

काठमाडौँ । भारतमा दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४९ हजार ५२ जनामा संक्रमण भएको छ ।

भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १९औँ दिन हो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १ लाख ८२ हजार ४६९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ६ लाख २ हजार ३८६ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन १ हजार १८६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९४ हजार ५२४ पुगेको छ ।

तपाईको प्रतिक्रिया