डोजरको बकेटले प्रहार गरी वडाध्यक्षको हत्या, दुई जना पक्राउ

प्रकाशित मिति :  123 पटक हेरिएको

काठमाडौँ । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा-३ भक्तिपुरका वडाध्यक्ष सुर्य कुमार श्रेष्ठको हत्या भएको छ ।

शुक्रवार राति विवादका क्रममा जेसिबी चालक हर्कबहादुर तामाङ लगायतले कुटपिट गर्दै हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शुक्रबार पोखरी बनाउने क्रममा नै विवाद उत्पन्न भएको र कुराकानी गर्दा पनि विवाद नमिल्दा पोखरीको पुनः निरीक्षण गर्नेक्रममा वडा अध्यक्ष श्रेष्ठलाई डोजरको बकेट प्रहार गरी हत्या गरिएको थियो ।

प्रहरीले वडाध्यक्ष श्रेष्ठको हत्यामा संलग्न रहेको आरोपमा आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जेसिबी चालक रविन तामाङ भनिने हर्कबहादुर तामाङ र ठेकेदार प्रेम दाहाल रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया