अम्बिका कार्कीको गजल

प्रकाशित मिति :  159 पटक हेरिएको

धार नभएको हतियारमा आखिर धार लाग्छ
भगवान तेरो लिला पनि यसैगरी पार लाग्छ

आफ्नै कर्मले खान्छु आमा बस्दिन यहाँ
कुनैदिन भाउजू बुहारीलाई म भार लाग्छ

प्रतिक्षाको समय किन कठिन लाग्छ होला
पर्खाइ सकिएपछिको पल किन दमदार लाग्छ

छोराछोरीले बा आमालाई संसार सोच्दैनन्
बा आमालाई आफ्ना छोराछोरी संसार लाग्छ

छिटो आउनेले कुरिरहेको छ आफ्नो पालो
हेर्नुस् त ढिलो आउनेलाई कति हतार लाग्छ

तपाईको प्रतिक्रिया