चलचित्र कलाकार कल्याणकारी कोषलाई थप क्रियाशील बनाउने संघको निर्णय

प्रकाशित मिति :  303 पटक हेरिएको

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको मंगलबार बसेको कार्यकारिणी समितिको बैठकले चलचित्र कलाकार कल्याणकारी कोषलाई थप क्रियाशील बनाउने निर्णय गरेको छ ।

सदस्य कलाकारहरूलाई बिरामिलगायत अन्य विपद् पर्दा संघले सहयोग गर्ने उद्धेश्यका साथ कोषलाई थप क्रियाशील बनाउने निर्णय गरिएको हो ।

नेपाल चलचित्र कलाकार संघका तत्कालीन अध्यक्ष नवल खड्काको तयार पारिएको चलचित्र कलाकार कल्याणकारी कोषलाई परिमार्जन तथा थप प्रभाकारी बनाइदै ल्याइएको थियो । कोषले अप्ठेरोमा परेका कलाकारलाई ठुलो राहत मिलेको छ ।

हाल कोरोनाका कारण निषेधाज्ञा तथा विभिन्न विपद्को सामना कलाकारहरूले पनि गर्नु परेको कुरालाई ध्यानमा राखी संघका अध्यक्ष रविन्द्र खडकाको निर्देशन अनुसार कोषलाई थप मजबुत र क्रियाशिल बनाउन लागिएको हो ।

यस अभियानमा संघको कार्यसमितिका पदाधिकारी तथा कार्यकारिणी सदस्यबाट रकम थप गर्ने कार्य भइरहेको संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले जानकारी दिएका छन् । हाल कोषको लागि कलाकारहरूबाट कुल १,४२,८८० (एकलाख बयालिस हजार आठ सय असी) रूपैयाँ जम्मा भएको छ ।

यस्तै, कोषमा रकम प्रदान गरी सहयोग गर्नका लागि स्वदेश तथा विदेशमा रहेका कलाकार तथा मनकारी दाताहरूलाई अपिल गर्ने पनि कार्यसमितिको बैठकले निर्णय गरेको छ ।

संघले निषेधाज्ञाको अवधिमा अप्ठ्यारो अवस्था एवम् समस्यामा परेका कलाकारहरूलाई राहत सहयोग प्रदान गरेको थियो । संघले यस अघि चलचित्र विकास बोर्ड अन्तर्गत गठन भएको चलचित्रकर्मी विपद् व्यवस्थापन कोषलाई क्रियाशील बनाउन पदाधिकारी तथा कार्यसमितिका सदस्यबाट रकम उठाई सहयोग रकम प्रदान गरिएको थियो ।

यसैगरी कलाकारद्वारा संचालित सिन्धु सहायता कोषमा संघको नामबाट घोषणा भएको एकाउन्न हजार रकम पनि संघका पदाधिकारी र कार्यसमिति सदस्यहरूबाट उठाएर प्रदान गर्ने समेत संघले जनाएको छ।

तपाईको प्रतिक्रिया