वेस्ट इन्डिजद्वारा दक्षिण अफ्रीका पराजित

प्रकाशित मिति :  319 पटक हेरिएको

काठमाडौँ । टी-ट्वान्टी क्रिकेटमा घरेलु टिम वेस्ट इन्डिजले दक्षिण अफ्रीकालाई पराजित गरेको छ ।

गएराति भएको खेलमा वेस्ट इन्डिजले दक्षिण अफ्रीकालाई ८ विकेटले पराजित गरेको हो ।

दक्षिण अफ्रीकाले दिएको १ सय ६१ रनको लक्ष्य वेस्ट इन्डिजले १५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । वेस्ट इन्डिजका लागि इभिन लेविसले ७१ रनको अर्धशतकीय इनिङ्स खेले ।

क्रिस गेल ३२ रनमा अविजित रहदा आन्द्रे फ्लेट्चरले ३० रन बनाए । आन्द्रे रसेल २३ रनमा अविजित रहे ।दक्षिण अफ्रीकाका ताब्रेज शामीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । दक्षिण अफ्रीकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै क्विन्टन डी ककले ३७ रन जोड्दा कप्तान टिम्बा बाभुमाले २२ रन बनाए । रिजा हेन्ड्रिक्स १७ रन बनाएर आउट भए । वेस्ट इन्डिजका फाबियन एलन र ड्वाने ब्राभोले २/२ विकेट लिए ।

यस जितसँगै वेस्ट इन्डिजले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

तपाईको प्रतिक्रिया