सुनसरीमा सवारी दुर्घटना: तीन जनाको मृत्यु, दुई घाइते

प्रकाशित मिति :  182 पटक हेरिएको

काठमाडौँ । सुनसरीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्लाको कोशी कटान क्षेत्रमा आज बिहान हायसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र म्याजिक भ्यानलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा  मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ बर्षीय उदय साह ,पछाडि सवार बिराटनगर ९ का राम प्रसाद शाह साह र म्याजिक चालक विराटनगरका अक्षय कुमार गुप्ता रहेको छन् ।

तीनै जनाको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको बा ३ ख ७२४४ नम्बरको हाइसले ओभरटेक गर्नेक्रममा पश्चिमबाट पूर्वतर्फ आइरहेको स १ छ ४६६१ नम्बरको मोटरसाइकल र बा ३ ख ९३६८ नम्बरको म्याजिकलाई ठक्कर दिएको थियो ।

हायसले सुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल उछिट्टीएर सडकबाट तल झरेको थियो ।

दुर्घटनामा हायस चालक नुवाकोट विदुर नगरपालिकाका ३५ बर्षीय विकास तामाङ सामान्य घाइते छन् भने सहचालक नारायण बस्यालको खुट्टा भाँच्चिएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया