महंगो शुल्क लिएको भन्दै त्रिविमा प्रदर्शन

प्रकाशित मिति :  213 पटक हेरिएको

काठमाडौँ । एमफिल तथा पीएचडीको अध्ययनको लागि लिइने शुल्क महंगो भएको भन्दै त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

आज त्रिवि विद्यार्थी संघर्ष समितिको ब्यानरबाट महंगो शुल्कको विरोध गर्दै प्रदर्शन गरेका हुन् । त्रिविले प्राविधिक बाहेकका मानविकी, शिक्षाशास्त्रजस्ता विषयमा समेत महंगो शुल्क लिएकोमा उनीहरूले विरोध जनाए ।

उनीहरूल आफूहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् ।

तपाईको प्रतिक्रिया