मकवानपुरमा अवैध काठसहित तीन जना पक्राउ

प्रकाशित मिति :  362 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा अवैध काठसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा टिपर चालक मनहरी गाउँपालिका- ७ बिजौना बस्ने २५ वर्षीय बाबुलाल मोक्तान ,टिरमा सवार सोही स्थानका २६ वर्षीय राजु प्रजा र सोही स्थानकै २६ वर्षीय निशान प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

पूर्वपश्चिम लोकमार्ग सडक खण्ड अन्तर्गत नेवारपानीबाट खटिएको प्रहरी टोलिले गएराती मनहरीबाट हेटौंडा तर्फ जाँदै गरेको ना ४ ख ५५०१ नम्बरको टिपरलाई रोकि चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको अवैध काठ ५१.६० क्युफिट काठ फेला परेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

उनीहरुलाई काठ,गाडीसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय राप्ती मनहरी पठाइएको प्रहरीले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया