एकैदिन ३००७ जना संक्रमणमुक्त, ३४ जनाको मृत्यु

प्रकाशित मिति :  173 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ३००७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् भने ९००९ जनाको मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया