भारतमा थप ४६ हजारमा कोरोना संक्रमण, ९८१ जनाको मृत्यु

प्रकाशित मिति :  43 पटक हेरिएको

काठमाडौँ । छिमेकी मुलुक भारतमा थप ४६ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४६ हजार ६४३ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २१औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २ लाख ७८ हजार ९६३ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख ७९ हजार ९४२ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ९८१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९६ हजार ७६१ पुगेको छ ।

तपाईको प्रतिक्रिया