पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा

प्रकाशित मिति :  307 पटक हेरिएको

काठमाडौँ । साविक विजेता पोर्चुगललाई पराजित गर्दै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान सम्पन्न नकआउट चरणको खेलमा पोर्चुगललाई १-० गोलले हराउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो ।

बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । उनले ४२औँ मिनेटमा निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए ।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया