कविता: प्रिय रुपा

प्रकाशित मिति :  404 पटक हेरिएको

अविरल वहने बतास झैं
बारम्बार वहँदै जाने
छुवाछूतरुपी मनुवादी
चिसो बतास
यसपालि पनि
सभ्य शहरमा
मेरो मुटु चिस्याउँदै वह्यो

प्रिय रुपा !
तिम्रो बाबाको
साक्षात देवी बनाउने
रातो-तातो आरनमा
अर्जापिराख नयाँ खुँडाहरु
तिमिलाई साथ दिन
म पनि आउनेछु
विभेदमुक्तिको कुरुक्षेत्रमा

© रचना मोक्तान

तपाईको प्रतिक्रिया