एकैदिन ३,८५३ जना संक्रमणमुक्त, ४२ जनाको मृत्यु

प्रकाशित मिति :  163 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा कोरोना संक्रमणका कारण ४२ जनाको मृत्यु भएको छ भने ३८५३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभर कोरोनाका कारण ९ हजार ५१ जनाको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया