हुम्लामा जेसिबीले बाटो खन्ने क्रममा पहिरो जाँदा चालकको मृत्यु

प्रकाशित मिति :  233 पटक हेरिएको

काठमाडौँ । हुम्लामा जेसिबीले बाटो खन्ने क्रममा अदानचुली गाउँपालिका–५ काखेस्थित सोमबार साँझ पहिरो जाँदा जेसिबीका चालक बर्दिया घर भएका २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको छ ।

उक्त स्थानमा पहिरो जाँदा जेसिबी र चालक पुरिएर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्फगार्डबाट खटिएको प्रहरीले चौधरीलाई उद्दार गरी उपचारको लागि बाजुरा सामुदियक अस्पताल कोल्टी पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

 

तपाईको प्रतिक्रिया