मकवानपुरमा बोलेरो दुर्घटना एक जनाको मृत्यु

प्रकाशित मिति :  147 पटक हेरिएको

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका- ९ ज्यामिरेमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश ३-००२४ च १४३० नम्बरको कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

बोलेरो सडकबाट करिब ७० मिटर तल खोलामा खसी दुर्घटना भएको हो । चालकको च्यापिएर घटना स्थलमै मृत्यु भएको र मृतक चालकको सनाखत हुन बाँकी रहेको प्रहरी निरीक्षक दासले बताए ।

उक्त दुर्घटनामा परी बोलेरोमा सवार बाराको महागढिमाई नगरपालिका- ४ बस्ने केदार नाथ थारु गम्भीर घाइते भएका छन् । घाइतेको उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया