आजदेखि देशका अधिकांश स्थानमा भारी वर्षाको संभावना

प्रकाशित मिति :  254 पटक हेरिएको

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, प्रदेश २, बागमती,लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको जनाएको छ ।

आजदेखि शनिबारसम्म सप्तकोशीका सहायक नदीहरु तमोर, सुनकोसी, नारायणीका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी लगायत वाग्मती, कन्काई, कमलामाई तथा प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका मध्यपहाडी, चुरे तथा तराईका ससाना खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, सिन्धुलीमा रहेको कमला नदीले जलसतह सतर्कता तह पार गरेको छ । महाशाखाले एसएमस अलर्ट गरेर नदीको बहाव बढ्ने क्रममा रहेकाले नदी तटिय क्षेत्र तथा डुबान भईरहने क्षेत्रहरुमा दिउँसो सम्म उच्च सतर्कता अपनाउ आग्रह गरेको छ । यसैगरी, पुर्वि राप्ति जलाधारको रजैया,मकवानपुगढी र आसपास पछिल्लो भारी बर्षामापन भएकाले उक्त जलाधारका स साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने,नदी तटीय क्षेत्र र होचा तथा डुबान हुने क्षेत्रमा दिउँसो सम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

उता, नवलपरासी र आसपासका ठाउँमा पनि ठूलो पानी परेको छ । बर्दघाट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र त्यस क्षेत्रका ससाना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसैबिच, जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। उक्त प्रदेशहरुको पहाडी भू भागमा भु क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया