पल शाहलाई ‘रियल हिरो अफ दि इएर’को उपाधिद्वारा सम्मान

प्रकाशित मिति :  51 पटक हेरिएको

काठमाडौँ । म्युजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक पल शाह यतिबेला लोकप्रिय छन् ।

चलचित्र अभिनयका साथै वास्तविक जीवनमा पनि राम्रो काम गरेर धेरैको मन जितेका उनले ‘रियल हिराे’काे सम्मान पाएका हुन् ।

काेराेना महामारी, प्राकृतिक विपत्तीमा प्रभावित नागरिकलाई निरन्तर सहयाेग, राहतमा उपलब्ध गराएका उनले सो अवार्ड तथा सम्मान पाएका हुन् ।

महामारीको बेला मुलुकभर भएको लकडाउनमा बेरोजगार बनेका सिनेकर्मीलाई राहत तथा सहयोग गर्ने उद्देश्यले सुरु भएको ‘रजतपट कोशेली अभियान’ले पललाई ‘रियल हिरो अफ दि इयर’ अवार्डले सम्मान गरेकाे हाे ।

लकडाउनका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरूलाई पलले ५ लाख रुपैयाँ बराबराको सहयोग गरेका थिए । यसका साथै उनले विभिन्न विकट ठाउँमा पुगेर खानेकुरा, लत्ताकपडा, अक्सिजन सिलिन्डरलगायत विभिन्न सामग्री सहयोग गरेका हुन् ।

तपाईको प्रतिक्रिया