बाग्लुङमा एक पुरुषको शव फेला

प्रकाशित मिति :  144 पटक हेरिएको

काठमाडौँ । बाग्लुङकाे निसीखाेलाकाे बीच भागमा आज ४९ वर्षीय एक पुरुषकाे शव फेला परेकाे छ ।

बाग्लुङ जिल्लाकाे निसीखोला गाँउपालिका-१ बगाह बस्ने ४९ वर्षीय बुदे भनिने बुद्द गुरुङको शव दिउसाे पाैने १२ बजेकाे समयमा फेला परेको प्रहरीले जानकारी दिएकाे छ ।

जिल्लाकाे ढोरपाटन नगरपालिका-२ पाखुटे स्थित निसीखोलाको बिच भागमा मृत भेटिएका उनको मानसिक अवस्था ठीक नभएको खुल्न आएको र घटनाबारे थप अनुसन्धान भइ रहेकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया