आज बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  336 पटक हेरिएको

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै, यता चाँदीको मूल्य समेत गत बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि हुँदै १ हजार ३१० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

गत बुधबार बजारमा सुन प्रतितोला ९० हजार र चाँदी एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

तपाईको प्रतिक्रिया