आज पनि बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  238 पटक हेरिएको

काठमाडौँ । केही दिनदेखि नेपाली बजारमा ओरालो लागेको सुनको भाउ हिजोबाट पुन:बढ्न थालेको छ ।

नेपाल सुनचाँदी व्यावसायि महासंघका अनुसार आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य थप ५०० रुपैयाँले वृद्धि भएको छ । सुन प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ३०० रुपैयाँ कायम भएको हो ।

गत बिहीबार प्रतितोला ६०० रुपैयाँले वृद्धि हुँदै सुन बजारमा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य भने गत बिहीबारकै मूल्य कायम हुँदै एक हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया