एमालेको केन्द्रीय कमिटी बैठक सुरु

प्रकाशित मिति :  232 पटक हेरिएको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ३ बजेका लागि बैठक झण्डै पौने ४ बजेदेखि बैठक सुरु भएको हो ।

बैठकमा पार्टीको सांगठनिक काम कारबाहीबारे छलफल गर्ने तयारी रहेको पार्टी निकट स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार माओवादी केन्द्रसँगको एकीकरणपछि संगठनात्मक काम खासै हुन नपाएकोले संगठनका गतिविधि बढाउनेबारे आजको बैठकमा निर्णय हुनेछ ।

साथै बैठकमा स्थानीय पार्टी, कमिटी र सदस्यता सम्बन्धी काम अगाडि बढाउने सम्बन्धमा समेत छलफल हुनेछ ।

सो बैठकमा पार्टीका अर्का प्रमुख नेता माधवकुमार नेपाल समूहका नेताहरुको भने सहभागिता नरहेको पार्टी निकट स्रोतले जानकारी दिएको छ ।

 

तपाईको प्रतिक्रिया