वैकल्पिक सरकार बनाउन जजसको हस्ताक्ष रहन्छ ती एमाले होइनन्: केपी ओली

प्रकाशित मिति :  56 पटक हेरिएको

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका निवर्तमान सांसदहरू पार्टीमा नरहने बताएका छन् ।

आज बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर जजसको कायम रहन्छ,, ती पार्टी कार्यकर्ता होइनन् ।’ फैसला आउँदा कित्ता छुट्टिसक्ने उनले बताए ।

यसअघि एमालेका खनाल-नेपालसहितका केही नेतालेहरूले काङ्ग्रेस सभापति सेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई अंकित गर्दै प्रधानमन्त्री ओलीले आफ्नो पार्टी नेतृत्वको सरकारलाई अपदस्थ गराएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन पार्टीका कतिपय सांसद हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष प्रस्तुत हुनु र तीमध्ये केही विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गराउन सर्वोच्च अदालतमा मुद्दाका पक्षधर बनेर प्रस्तुत हुनु पार्टीको विधानविपरीतको विषय भएको समेत बताएका छन् ।

यस्तै, आजको बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकमा महासचिव ईश्वर पोखरेलले निर्वाचनको मितिसँग जुध्न गएमा दशौं महाधिवेशन भने आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेश गरेका छन् । यसअघि दशौं राष्ट्रिय महाधिवेशन मसिर २ देखि ६ सम्म गर्ने निर्णय भएको थियो ।

 

तपाईको प्रतिक्रिया