सुरेशकुमार पान्डेको गजल

प्रकाशित मिति :  399 पटक हेरिएको

कसैलाई राख्न सकिदैन बानेर सदैभरी,
को बस्छ जबर्जस्ती यहाँ तानेर सदैभरी।

विचारमा बाधिएका मात्रै बस्न सक्नेछन्,
किन केक चखायौ महान ठानेर सदैभरी।

आफै जन्माएका छोरा पनि छुट्टिएर गए,
यिनै आमा बा हुन् भन्ने न मानेर सदैभरी।

कसै कसैलाई थाहाछ कुरा भित्रको कुरा,
राखे उनले पनि आसेपासे छानेर सदैभरी।

यिनका पखेटा लागिसके यिनै त पंक्षी हुन्,
फर्काउँन सक्दैनौँ ढुङ्गाले हानेर सदैभरी।

अब मान्छेले व्यवहार हेर्छन गफ हेर्ने थोरै,
कत्ति टिक्दैनन मीठा कुरा झानेर सदैभरी।

तपाईको प्रतिक्रिया