भारी वर्षापछिको बाढीले दश घर बगायो, २० जना बेपत्ता

प्रकाशित मिति :  628 पटक हेरिएको

काठमाडौँ । जापानको सिजुको जिल्लामा भारी वर्षापछिको बाढीमा २० जना बेपत्ता भएका छन् ।

सिजुको जिल्लाको अतामी भन्ने गाउँमा अविरल वर्षापछि आएको बाढीले कम्तीमा पनि १० ओटा घर बगाउँदा त्यहाँ रहेका २० जना नागरिक हराएका जापानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

शनिबार बिहानदेखि हराएका उनीहरुको खोजी जारी रहे पनि भेटिएका छैनन् ।

सो क्षेत्रमा केही दिन यतादेखि भारी मात्रामा वर्षा भइरहेको छ । उक्त वर्षाका कारण यहाँका अरू गाउँहरुमा पनि असर गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया