घट्यो कोरोना परीक्षण, आज थप १६०३ जना संक्रमित

प्रकाशित मिति :  156 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना परीक्षण दर घटेसँगै देशमा संक्रमितको संख्यामा कमी आएको हो । स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोनामुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया