मकवानपुरमा लागुऔषध गाँजासहित एकजना पक्राउ

प्रकाशित मिति :  175 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा अवैध लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका- ८ बस्ने २६ वर्षीय सुदिप मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले पुर्वपश्चिम लोकमार्ग अन्तर्गत मनहरी-८ सिमपानीस्थित मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको ना-२ ह ३४६८ नम्बरको अटोलाई रोकि चेकजाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई ल्याएको अवैधलागु औषध १० किलो ७४० ग्राम गाँजासहित मोक्तानलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका मोक्तानलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया