थप २,६२२ जनामा कोरोना, २३ जनाको मृत्यु

प्रकाशित मिति :  126 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै सोही अवधिमा कोरोनाबाट २३ जनाको मृत्यु भएको छ भने २ हजार २११ जना संक्रमणमुक्त भएका छन् ।

 

तपाईको प्रतिक्रिया