मकवानपुरमा अवैध लागुऔषध नाइट्रोभेटसहित दुई जना पक्राउ

प्रकाशित मिति :  151 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा अवैध लागुऔषध नाइट्रोभेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी चेकिङ टोलिले हेटौँडा उपमहानगरपालिका-१५ पिपल चौताराबाट अवैध लागुऔषध नाइट्रोभेट ट्याबलेट १ हजार ४ सय ९६ पिससहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका वडा नम्बर १ जुटपानी बस्ने अन्दाजी २३ वर्षीय रविन बिक र सोही नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षीय अर्जुन श्रेष्ठ रहेको प्रहरी निरीक्षक दासले बताए ।

२० गते बाराबाट हेटौँडातर्फ जाँदै गरेको बा ९५ प ७९३२ नम्बरको मोटरसाइकललाई रोकि चेकजाँच गर्ने क्रममा उक्त परिमाणको अवैध लागुऔषध लुकाई छिपाई ल्याएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनिहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ l

तपाईको प्रतिक्रिया