ब्राजिल कोपा अमेरिकाको फाईनलमा प्रवेश

प्रकाशित मिति :  281 पटक हेरिएको

काठमाडौँ । ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छ ।

गएराति भएको सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।

ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् ।

दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ । यस्तै नेयमार प्रेरित ब्राजिल उपाधिको नजिक पुगेको छ ।

ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, दोस्रो सेमिफाईनलको मंगलबार भोलि बिहान हुनेछ ।

 

तपाईको प्रतिक्रिया