झुन्डिएको अवस्थामा एक जना मृत फेला

प्रकाशित मिति :  178 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौँडामा झुन्डिएको अवस्थामा एक जना पुरुष मृत फेला परेका छन् ।

जिल्लाको हेटौँडा उपमहानगरपालिका- ४ गोर्दइमा डेरा गरी बस्ने पर्सा जिल्ला घर भएका १८ वर्षीय अरुण चौधरीको गएराति आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया