थप २,९७९ जनामा कोरोना संक्रमण, २८ जनाको मृत्यु

प्रकाशित मिति :  188 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ८३५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जना गरी २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौँ उपत्यकाका ५४३ जना छन्, जसमा काठमाडौँका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।

 

तपाईको प्रतिक्रिया