यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि बिक्री खुला

प्रकाशित मिति :  198 पटक हेरिएको

काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।

आईपीओको कुल कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

 

तपाईको प्रतिक्रिया