तोलामा सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रकाशित मिति :  25 पटक हेरिएको

काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला सय रुपैयाँले बढेर ९२ हजार ३०० रुपैयाँ पुगेको हो ।

आज तेजाबी सुनको मूल्य समेत सय रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रुपैयाँले घट्न पुगेको छ । गत बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३१० रुपैयाँमा झरेको हो ।

 

तपाईको प्रतिक्रिया