हेटौँडामा प्रहरीद्वारा १२० किलो गाँजा बरामद

प्रकाशित मिति :  132 पटक हेरिएको

मकवानपुर । मकवानपुरको हेटौँडामा अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

गएराती हेटौँडा उपमहानगरपालिका- ५ रिलायन्स बोर्डिङ स्कुल अगाडि प्रदेश ३-०१-०२२ च ७२३७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्दा १२० किलो ९०० ग्राम अवैध लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक कृष्ण प्रसाद विष्टको नेतृत्वमा खटिएको प्रहरी टोलिको मोबाइल गाडीलाई देख्न साथ उक्त गाडी रोकेर चालक फरार भएको र गाडी चेकजाँच गर्दा १२० किलो ९०० ग्राम अवैध लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

गाडीलाई नियन्त्रणमा लिइ चालकको खोजी कार्य भइरहेकोे प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया