मकवानपुरमा अवैध लागुऔषध गाँजासहित दुई जना पक्राउ

प्रकाशित मिति :  193 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा अवैध लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका-६ बस्ने २६ वर्षीय संजय चौधरी र चितवनकै ४८ वर्षीय लालजी साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

बुधबार साँझ ईलाका प्रहरी कार्यालय रातोमाटेबाट खटिएको प्रहरी टोलिले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ पिपल चौतारा स्थित पूर्वी-पश्चिम सडकखण्ड अन्तर्गत चितवनबाट बारा तर्फजाँदै गरेको ना ४ च ५०१५ नम्बरको बोलेरो पिकअप गाडीलाई रोकि चेकजाँच गर्ने क्रममा गाडिको पछाडी भागमा लुकाई छिपाई ल्याएको ५७ किलो ९ सय ग्राम अवैध लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

पक्राउ परेका उनीहरू माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया