एकैदिन १ हजार ८७५ जनामा कोरोना, २९ जनाको मृत्यु

प्रकाशित मिति :  150 पटक हेरिएको

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर पीसीआर विधिबाट गरिएको परीक्षणमा संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमितको कुल संख्या ४१ हजार ४६९ जना रहेको छ ।

जसमध्ये हालसम्म ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हालसम्म ९ हजार ३२० जनाको मृत्युु भएको छ ।

 

तपाईको प्रतिक्रिया