मकवानपुरमा अवैध लागुऔषध गाँजासहित एकजना पक्राउ

प्रकाशित मिति :  265 पटक हेरिएको

मकवानपुर । मकवानपुरमा २ किलो ५ सय ७० ग्राम अवैध लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका-९ पशुपतिनगर बस्ने २२ वर्षीय निश्चल थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

बिहिबार दिउँसो ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलिले विशेष सूचनाको आधारमा उनको घरमा खानतलासी गर्दा थापा सुत्ने कोठाको खाट मुनि लुकाई राखिएको अवस्थामा २ किलो ५ सय ७० ग्राम अवैध लागु औषधगाँजा फेला परेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया